logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समृद्धिको लागि निर्माण आजको आवश्यकता हो


  • जन आकाश
  • बिहिबार, बैशाख २० २०७५

यक्षध्वज कार्की
नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारण सभा अध्यक्षका प्रत्यासी
नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारण सभा हुन केहीदिन मात्र बाँकी रहेको छ । यो सन्ध्यामा निर्वाचन हुने हो वा नहुने हो शंका र आशंकाहरु बढिरहेका छन् । यसैसन्दर्भमा महासंघको नेतृत्व हत्याउन धेरैै देखिएका पनि छन् । यसैमध्ये विगतमा पनि एकपटक सफल अध्यक्षको रुपमा काम गरिसक्नु भएका यक्षध्वज कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिँदै छन् । उहाँसँग हाम्रो निर्माण टिमले गरेको कुराकानीः
तपाइ पहिला पनि नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष भइसक्नुभएको र आउँदै गरेको जेठ १२ गतेको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिदै हुनुहुन्छ तपाइको उम्मेदवारी किन ?
यो संस्था स्थापनाकाल देखि नै म सक्रीय हुदै आएको छु । पहिला यो माहासंघ हुनुभन्दा अगाडी नेपाल निर्माण व्यवसायी संघ थियो । केन्द्रिय संगठनको रुपमा २०५४ सालमा हामीले यसलाई महासंघमा परिणत ग¥यौं । म अध्यक्ष भएपछि यसलाई जुन उद्देश्य राखेर शुरुमा स्थापना गरेका थियौं त्यो उद्देश्य पुरागर्न निर्माण व्यवसायीका हकहितका कुरा नियम कानुन बनाउने देखि भिभेद, एकद्वार प्रणालीलाई भत्काएर सबै व्यसायीलाई समग्रमा हित हुने गरी काम शुरु गरेको थिए । त्यो भन्दा अगाडी कुरा गर्ने हो भने म स्थापना कालदेखि सदस्य, महासचीव, भूगोलको प्रतिनिधित्व क्षेत्रको प्रतिनिधित्व गर्दै अहिलेको प्रदेशिक संरचना जस्तै गरी निर्माण क्षेत्रको अनुभव साथी भाइको माया र साथ पाएर अध्यक्ष भएको थिए । त्यो मेरो अध्यक्षताको कार्यकालमा ठूलो वर्गको प्रतिनिधित्व सानो वर्गको प्रतिनिधित्व सबैसँग मिलेर आएको जस्तै हामी क, ख, ग, घ चार वर्गको प्रतिनिधित्व हुने गरी र पिछडीएका वर्गको जनजाति, मधेश महिला समेत समेटेर प्रतिनिधित्व हुने गरी एउटा सबै विचारको साझा थलो महासंघ बनाइयो र म अध्यक्ष भएपछि दरिलो महासंघ बनाएको हो । त्यसैगरी नीतिगत कुराहरुमा विशेष गरी ठेक्का पट्टामा प्रयोग हुने टेण्डर डकुमेन्ट स्टान्डर्ड विडिङ्ग डकुमेन्टमा धेरै त्रुटीहरु थिए सबै छिर्न नसक्ने सबैले भागलिन नपाउने कानुनी क्राइट एरियाहरु थियो अप्ठ्यारो थियो व्यवहारिक थिएन । त्यस जटिलतालाई हटाउन कानुनी प्रक्रियालाई नै संशोधन गराएर एउटा काम जति लागत लाग्ने हुन्छ त्यति बराबरको सर्टिफिकेट एउटा देखि ३ वटा सम्म सर्टिफिकेट माग्ने चलन थियो मेरो अध्यक्ष कालमा मेरो पहलमा एउटा सर्टिफिकेटमा झारे त्यसमा पनि ८० प्रतिशत भए १०० प्रतिशत हुने गरेर टनओभरको हिसाब किताब लगायत जटिलताहरुलाई सरलीकरण बनाएकै कारण सबै व्यवसायी साथीहरुलाई व्यवसायी गर्न सुनौलो अवसर प्राप्त भयो र साथीहरुले प्रगति गर्नुभएको छ । त्यो प्रगतिसँग मेरो नेतृत्व क्षमता जोडिएको छ । साथै म दुइ कार्यकाल एक कार्यकाल निवर्तमान अध्यक्ष र एक कार्यकाल सल्लाहकारको हैसियतमा यो अनुभव र साथीभाइहरुको चाहाना साथै म निर्माण व्यवसायी क्षेत्रमा रुझेर, भिजेर, खटेर आएको झण्डै तीन दशकको अनुभव भएको हुँदा मलाई आत्मविश्वास छ र वीचमा आएका नेतृत्वहरुमा देखिएको वैमन्यसता देख्दा माहासंघ स्थापना गर्न मैले गरेको मेहनत झलझली सम्झेर म नेतृत्व गर्न अग्रसर भएको छु । मलाई साथीहरुकै सल्लाह सुझाव समर्थन भएको कारण नेतृत्व गर्न तयार भएको कुरा जानकारी गराउँदछु ।
तपाइलाई पूर्व पश्चिम उत्तर दक्षिण सबैतिरबाट नेतृत्व गर्न हौसला प्रदान भएको रहेछ तपाइले कार्ययोजना के के बनाउनु भएको छ ?
पहिलो कार्ययोजना देश संघियतामा गएको छ । जसमा केन्द्र, प्रदेश र स्थानीय तीन तहको संरचनामा देशको सम्पूर्ण प्रशासनिक कामहरु हुन थालेका छन् । यसरी नयाँ संरचनामा देश गइसकेको हुनाले हाम्रो महासंघको संरचना पनि त्यही देशको संरचना अनुरुप परिवर्तन गरेका छौं । त्यसको महत्वपूर्ण भूमिका मैले खेलेको छु । संरचनामात्रै परिवर्तन गरेर भएन वास्तवमा त्यो संरचना अन्तर्गत कार्यान्वयन गर्न सक्नुप¥यो त्यो कार्यान्यन गर्ने अभिमान रहने छ । मेरो कार्यजोजना नं. १ मा, दोस्रो केन्द्रीय प्रदेश, स्थानीय तहका निर्माण, नीति बन्नेछन् त्यसमा चाहिने नीति नियमहरु बनाउन र कार्यान्यन गर्न सक्षम नेतृत्व हुन सकेन भने त्यो पूर्वाधार निर्माणमा समस्या उत्पन्न हुन सक्छ त्यसैले गर्दा अहिले भइराखेको ऐन, कानुनलाई व्यवहारिक रुपमा प्रदेश सरकारले आफ्नो नियम कानुन बनाउछ स्थानीय सरकारले आफ्नै बनाउछ । केन्द्रले आफ्नै बनाउछ त्यही अनुसार राज्य चल्छ त्यसो भएको हुनाले यो तिनै तह र तप्कामा निर्माण आयोजनाहरु भौतिक पूर्वाधारका कार्यहरुमा प्रयोग हुने ऐन, नियम, कानुनलाई दृढ संकल्पका साथ जनताका पक्षमा र निर्माण व्यवसायी निर्माण व्यवसायको हितमा हुनेगरी मेरो अनुभव प्रयोग गरी विगतमा ऐन कानुनमा म २०४२ सालदेखि अनवरतरुपमा लाग्दै आएको छु । कुनैपनि त्यस्तो साल छैन मैले ऐन, कानुन नबनाएको महासंघमा विधान संशोधन कार्यक्रम लगायत मेरो संलग्न हुदै हाएको छ । लामो अनुभव पनि छ । ऐन, नियम, कानुनले निर्देशित गरेका भौतिक पूर्वाधार विकासमा समय अनुकूल समय सापेक्ष यो उद्योगको निमित्त यो व्यवसायको निमित बन्ने गरी चाडोभन्दा चाडो निर्माण सम्पन्न हुनेगरी गुणस्तरीय निर्माण गर्ने गरी गर्नको निमित्त मैले पहल गर्नेछु । दोस्रो कुरा तेस्रो केन्द्रमा पनि मौजुद रहेको ऐन कानुनहरु समय सापेक्षित छैन । परिमार्जन छैन भन्न खोजेको नयाँ कानुन आएपछि परिमार्जन गरिएको छैन । त्यसकारण हामीले पूरानो ऐन, कानुन, नियमलाई यथार्थमा गएर सार्वजनिक खरिद ऐनले बोलपत्रको व्यवस्था गर्छ त्यो संशोधन गर्न जरुरी छ । दोस्रो त्यो अन्र्तगत बनेको सार्वजनिक खरिद नियम नियमावली २०६४ लाई पनि परिमार्जन गरेर संशोधन गर्न जरुरी छ । त्यस्तै गरी इक्वालि फिकेशन डकुमेन्ट योग्यताका छनोटका आधारहरु निर्धारण गर्ने क्राइट एरियाहरु एकदमै हचुवा मनोपोली र सिमित वर्ग र सिमित मान्छेहरुलाई मात्र हुने गरी बनाइएको छ । त्यो संशोधन गर्ने स्थानीय तहमा हुने बोलपत्र पुस्तिका स्टान्डर्ड बिडिङ्ग डकुमेन्ट एस विडी छ त्यो डकुमेन्टमा भएका सर्तनामाहरु, क्राइट एरियाहरु अघि मैले भने जस्तै अव्यवहारिक, असान्र्दभिक र केही सिमित व्यवसायीलाई मात्र हुने गरी ल्याएको हुँदा खेरी राष्ट्र, जनता र निर्माण व्यवसायीको पक्षमा त्यसलाई परिवर्तन गरेर जानुपर्ने आवश्यकता देखिन्छ मेरो त्यो अभियान जारी रहने छ भने सबैले काम पाउने वातावरण बनाउन सिमित व्यक्तिको हातमा गएर काम थुप्रेर बसेको छ । कमिशन खाने चलन बढ्दो छ । कार्टेलिङ्ग गर्ने प्रवृति बढ्दो छ । यसलाई दुरुत्साहित निरुत्साहित गरेर सबै वर्गकाले काम पाउने वातावरण निर्माण गर्ने र त्यस्तो खालको बोलपत्र आव्हान गर्ने मेरो लक्ष्य रहेको छ । लक्ष्य प्राप्त गर्न मेरो अभियान जारी रहने छ ?
तपाइहरुले संघको निर्वाचन पूर्ण सम्पन्न नगरीकनै निर्वाचनमा जानुभएको छ । पहिला यो विषय टुग्याउनु पर्ने होइन ?
यो विधानको विषयमा तपाइले उठाउनु भएको गम्भिर प्रश्न हो । मननयोग्य प्रश्न हो । हाम्रो विधानमा जुन संशोधन गरियो अहिले भएको कार्य समितिले अपरिपक्व, अदुरदर्शिता, जुन सुझावहरु प्राप्त भएको थियो साधारण सभामा साधारण सभाले दिएको सुझावहरु भन्दा भिन्न तरिकाले भिन्न उद्देश्य राखेर विधान बनाएर ल्याएका छन् पूर्व अध्यक्षहरु, अग्रजहरुको सुझावहरुलाई वेवास्ता गरियो त्यसको परिणत के भो भन्दा विरोधाभास रह्यो र समस्या उत्पन्न भएको देखेको छु । प्रदेश महासंघहरुले भाग लिन नपाउने बुँदा मौजुदा नबौं संशोधनले गरेको देखिन्छ त्यो विषयमा वर्तमान अध्यक्षको कार्य समितिलाई सुधारनुस यो मिलेको छैन भनेको छु तर यो विधान लागु भइसकेको हुनाले संशोधन हुने सम्भावना देखिदैन । यस्तो अवस्थामा चुनाव हुन सक्ने म देख्दिन । कानुन मिचेर चुनाव हुन सकदैन कानुनसम्मत ढंगले सबैले भाग लिने सतहत्तरै जिल्लाले भाग लिने प्रदेश र एशोसिएस वस्तुगत संघ सबैले भागलिन पाउने स्वच्छ वातावरण बनाउन मजौदा कार्यसमितिको र्कतव्य हो त्यसो गर्नको निमित्त विधानका केही नियमहरुलाई शंशोधन गराएर परिचालन ग¥यो भने मैले चुनाव हुन्छ भन्ने विश्वास लिएको छु ।
वर्तमान कार्यसमिति प्रति तपाइले निक्कै आलोचना गर्नुभयो वर्तमान कार्य समितिकै पदाधिकारीहरु चुनावी मैदानमा आउने कुरा छ त ?
वर्तमान कार्यसमितिको टिमले नीतिगत कुराहरु गर्न सकेको छैन । दोस्रो द्वोयद चरित्र देखाउने गरेका छन् टिम स्प्रिट छैन । १२ जना बाह्रैतिर मुख फर्काएर बसेका छन् निर्माण व्यवसायीहरुको हितमा भन्दा व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको हुनाले त्यस्ता नेतृत्वबाट कुनै केही आशा गर्न सकिदैन लोक्तन्त्रमा चुनावमा लड्न पाउने अधिकार छ । त्यो उनिहरुको रहर सिवाय अरु केही पनि होइन व्यवसायीले व्यवसायको हितमा काम गर्न सक्ने सक्षम योग्य, नेतृत्व छान्छन् त्यसमा हामी ढुक्क छौ ।
नेपालमा निर्माण क्षेत्रमा निर्माण व्यवसायीहरुले काम गर्न थालेको ५ दशक भइसक्यो अहिलेसम्म ठूला आयोजना बनाउन विदेशी बोलाउने गरिन्छ के नेपाली निर्माण व्यवसायीहरु सक्षम छैनन् ?
यसलाई दुइ ढंगबाट बुझ्नुपर्दछ । नेपालमा निर्माण उद्योग आफै भएर आएको हो । कुनै राज्यले सहुलियत ट्रेनिङ्ग लोकल कन्ट्रयाक्टरहरु, आफै आत्मनिर्भर भएर बनाएर लानुपर्छ भन्ने दिर्घकालिन योजना राज्यको तर्फबाट कहिल्यै भएन विगतको सरकारहरुबाट जवकी साउथ कोरिया, मलेसिया, सिंगापुरमा निर्माण क्षेत्रलाई महत्वका साथ राखेर त्यहाँ त्यही अनुसारको नीति, नियम बनाए त्यहाँ निर्माण उद्योग फस्टाएर आत्मनिर्भर भएको छ । पहिलाभन्दा हाम्रो नेपाली निर्माण व्यवसाय निक्कै सेल्फ हुदै आएको छ । आफै प्रगति गरेर आएको अवस्था छ । विदेशी नै चाहिन्छ भन्ने त होइन । कुनै ठूलो–ठुलो आयोजनामा हामीहरुको पहुँच पुग्दैन । हाम्रो टेक्नोलोजी पुग्दैन त्यसमा विदेशीहरुको आवश्यकता पर्दछ । त्यसैले हामीले विदेशीहरु ल्याउँदा पनि संयुक्त ज्वाइन भेञ्चर राखेर मात्रै गरु भन्ने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो सुझाव सरकारलाई छ । अहिले सम्मको अवस्थामा २,३ अर्वको काम नेपालीले गर्न सक्ने भएको छ । त्यसमा समेत यथेष्ठ भएको छैन । त्यसलाई समेत ऐनमा संशोधन गरेर नियम, कानुन बनाउनुपर्नेछ । त्यसरी नियम, कानुन बनाएर हाम्रो काबुभन्दा बाहिरका कामहरु विदेशीलाई दिनुपर्छ त्यो पनि राम्रो विदेशी आउँछन् भने त्यो पनि उपदेहिता रहदैन । किनकी मेलम्ची खानेपानी आयोजना, त्रिशुली हाइड्रोपावर आयोजना, मुलेखानी हाइड्रो पावर तेस्रो लगायत केही योजनाहरु छन् विदेशीले काम गरेको अवस्था पनि हे¥यौ यहाँ मनोपोली गर्नुहुदैन स्थानीय निर्माण व्यवसायीहरुले पनि देश र जनतालाई सिरमा राखेर अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा हो । हाम्रो सक्षम साथीहरुले गर्न नसकेको काम विदेशीलाई गर्न दिनुपर्ने कुरामा हाम्रो आपत्ति छैन ।
स्वाभिमानका कुरा आएका छन् अहिलेका प्रधानमन्त्रीले पनि त्यही भनेका छन् । तपाई पुनः अध्यक्ष हुनुभयो भने निर्माण व्यवसायीहरुलाई कसरी स्वाभिमानी बनाउनु हुन्छ ?
कुनै राजनीतिक दुर्घटना भएन भने धेरै लामो समयपछि हामीले सोचेजस्तो स्थायी सरकार बनेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले समृद्धिको सपना नेपाललाई देखाउनु भएको छ । आम चुनावदेखि त्यसलाई जनताले साथ दिएर त्यहाँ पु¥याएका छन् । हामी निर्माण व्यवसायीहरु पनि ठूलो आशामा छौ । देशको आर्थिक समृद्धि हुन पहिलो पूर्वाधारको विकास नै हो । सच्चा पूर्वाधारको विकासको निमित्त लागिप¥यौ भने देश साँच्चै नै आर्थिक रुपमा समृद्धि हुन्छ । बाटोघाटो बन्नुप¥यो, विजुली आउनुप¥यो, स्कुल, कलेजहरु अझै बन्नु प¥यो, हस्पिटल बन्नुप¥यो, सिचाइको उपलब्धता हुनुप¥यो, जडिबुटीको उत्पादन बढ्नुप¥यो, कृषिको उत्पादन सिचाईको विकास गरेर बढाउनुप¥यो, टुरिजमको विकासलाई आकर्षित गराउँदै लैजानुप¥यो, निर्यात बढाउनुप¥यो त्यो भयो भने आर्थिक समृद्धि हुन्छ हाम्रो निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीज्यूले राष्ट्रलाई आर्थिक समृद्धि बनाउने संकल्प लिनु भएको छ । त्यो अभियानमा हामी साथ दिन्छौं ।
अन्तमा ?
आउने २०औं साधारणसभामा सबैले उत्तिकै सक्रियताकासाथ भएर सहभागी हुनुहोस् । कुनै लोभ, लालचमा नलागीकन सक्षम नेतृत्व आवश्यक छ । नेपाल निर्माण व्यवसायी महासंघमा धेरै साथीहरुको इच्छा होला इच्छा हुनु स्वभाविक हो लोकतन्त्रमा । तर यहाँहरुको हातले अहम् भूमिका खेल्ने भएको हुनाले सक्षम नेतृत्व, अनुभवी नेतृत्व निर्विकल्पका साथ व्यक्तिगत स्वार्थ नभएका व्यक्तिहरुलाई जिताएर सामूहिक नेतृत्व गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने विश्वास राख्दै शुभकामना दिन्छु । र यदी तपाइहरुले त्यो मौका दिनुभयो भने हिजोको अवस्था भन्दा अझ जिम्मेवारीपूर्वक भएर यहाँहरुको पिरमर्का समाधान गर्दै सबैले काम पाउने वातावरण तयार पार्ने काम मेरो हुनेछ त्यसमा दृढ संकल्प भएर लाग्नेछु । त्यसमा सफल हुन्छु भन्ने तपाइहरुमा विश्वास दिलाउन चाहन्छु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend