जन आकाश
डिलकुमारि नेपाल , चितवन,बैशाख २१(सरकारी विद्यालयलाई ७० लाख दिने एक दम्पती प्रधानमन्त्रीबाट सम्मानित नायं किरण माःबिमा भएका छन् । भरतपुर ११ भोजाडका कमल मल्ल र कुसुम मल्ललाई आज एक सम्मान कायकरम गरिएको हो । नयाँ किरण मावि भोजाडलाई स्वर्ण महोत्सवको अवसर पारेर ७० लाख १ हजार १ सय रुपैया सहयोग गर्ने मल्ल दम्पतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले करदपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । नयाँ किरण मावि भरतपुरको स्वर्ण महोत्सवमा समापन समारोहको प्रमुख अतिथिका रुपमा आउनुभएका ओलीले समाजसेवी मल्ल दम्पतीलाई धन्यवाद दिदै शिक्षालाई यसरि नै माया गने अझै मानवको अपेक्षा व्यक्त गर्नुभयो ।
विद्यालयले आज नैस्वर्णमहोत्सवको अवसरमा २ लाख बढी सहयोग गर्नेहरुलाई पनि सम्मान गरेको हुन् । स्वर्णमहोत्सव समारोहमा विद्यालयलाई ५० हजार देखी २ लाख सम्म सहयोग गर्ने चन्दादातालाई यस अघिनै सम्मान गरिएको हो । विद्यालयको शैक्षिक भौतिक सुधारका लागि विभिन्न दाताहरु बाट २ करोड बढी आर्थिक संकलन भएको विद्यालयका शिक्षक भवानी प्रसाद शर्माले बताए । नयाँ शैक्षिक सत्रवाट विद्यालयले अंग्रजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराउन सुरु गरेको शर्मालेबताउनुभयो ।२०२३ सालमा स्थापना भएको नयाँ किरण माविमा नर्सरीदेखी कक्षा १० सम्म पठनपाठन शुरु हुँदै आएकोहो । विद्यालयमा ६ सय वढी विद्यार्थी अध्ययरत छन् भने २१ शिक्षक कार्यरत छन् । नयाँकिरण मावि चितवनको पहिलो प्याड व्यवस्थापन सहितको आधुनिक छात्रा शौचालय भएको पहिलो समुदायीक विद्यालय भएको दाबि गछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend