जन आकाश
काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका महासचिव सिपी मैनाली, स्थायी कमिटी सदस्य डम्बर बहादुर श्रेष्ठ, कुमार बेलवासे, गोपालमणि गौतमलगायतको उपस्थिति रहेको थियो भने पोलिटब्यूरो सदस्य सुरेन्द्र ढकाल, कृष्णराणा लगायत र पार्टीका केन्द्रीय सदस्यहरु, जिल्लाजिल्लाबाट आएका जिल्ला सचिवहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । नेकपा मालेका नेता कार्यकर्ताहरुले कालमाक्र्सको तस्विरमा अविर र फुल चढाएर कार्लमाक्र्सको सम्झना गरेका थिए ।
कार्यक्रम सञ्चालन गर्दै स्थायी कमिटी सदस्य कुमार वेलवासेले माक्र्सवादको चर्चा गरेका थिए भने पार्टीका महासचिव सिपी मैनालीले माक्र्सवादको महत्वको बारेमा ब्याख्या गर्दै माक्र्सवादको मार्ग दर्शनलाई जुनजुन देशमा आआफ्नो मुलुकको विशिष्ठ परिवेश अनुसार प्रयोग गर्न जाने ती देशहरुको क्रान्तिको जग राम्रो बस्यो र जुनजुन देशहरुले माक्र्सवादको मार्गदर्शनलाई जड्तामा बुझे त्यहाँ कम्युनिष्ट आन्दोलन सफल भएन ती उदाहरणहरुलाई प्रष्ट्याउँदै महासचिवले नेकपा मालेले नेपालको विशिष्ठ परिस्थितिलाई बुझेर नेपाल चिन्तन नामक सिद्धान्तलाई प्रतिवादन गरी आफ्नो मार्ग दर्शक सिद्धान्तमा सामेल गरेको र उक्त सिद्धान्त अन्तर्गत कार्यान्वयन गर्न पार्टीका सदस्यहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
नेकपा माले पार्टी कम्युनिष्ट आन्दोलनमा चर्चित झापा विद्रोहका नायक सिपी मैनालीले नेतृत्व गरेको पार्टी तर २०७४ को निर्वाचनमा कुनै पनि सिट जित्न सफल नभएपनि फेरी हामी उठ्ने छौं भन्दै दाङ्गको सातौं राष्ट्रिय परिषद् बैठक पछि सक्रिय रुपमा कार्यक्रमहरु अगाडि बढाउँदै लगेको देखिन्छ । कम्युनिष्ट आन्दोलनमा कतिखेर कुन पार्टीको पल्लाभारी यसै भन्न सकिने अवस्था हुँदैन त्यसकारण नेकपा मालेको पनि राष्ट्रलाई नेतृत्व दिने कुरामा आउन सक्ने अनुमान लाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend