logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल चाइना पिपुल्स फोरमले बढायो सम्बन्ध


  • जन आकाश
  • आइतबार, बैशाख २३ २०७५

काठमाडौं । गत शुक्रबार नेपाल चाइना फोरमको आयोजनामा बबरमहल स्थित नेपाल कला सांस्कृतिक परिषद्को हलमा चाइना बुद्धिष्ठ एशोसिएशनका संयोजक माष्टर सि नेङ्गको एकल पेन्टिङ प्रदर्शन सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका राजनीतिक वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा एमालेका केशव वडाल, रागिनी उपाध्यक्ष, भिक्षु सिद्धार्थ निग्रोधा, राजदूतद्वय टंक कार्की, मधुवन पौडेल लगायतको उपस्थितिमा बौद्ध दर्शन चीनको इतिहास, चीन र नेपालको सम्बन्ध, सांस्कृतिक, राजनीतिक अवस्थाका बारेमा कार्यक्रमका अतिथिहरुले चर्चा र व्याख्याहरु गरेका थिए ।
पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले ह्वाइन साङ्ले नेपालको गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पहिलो चर्चा गरेका हुने जसले गर्दा जन्म नेपालमा भएको अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहयोग मिलेको नेपाल र चीनको सम्बन्ध परापूर्वकालदेखि नै सुमधुर रहेको नेपालकी तारा भृकुटी र त्यतिबेलाका तिब्बतका राजा सङचङ गम्पोसँग बैवाहिक सम्बन्ध समेत रहेको नेपालका अरनिकोले बुद्धका मूर्तिहरु चीनमा बनाएको इतिहासको चर्चा गर्दै नेपाल र चीनको सम्बन्ध नङ मासुको जस्तै भएको कार्यक्रमलाई सम्बोधनका क्रममा बताउनु भएको हो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले आफू चीनमा कार्यरत रहँदा नेपाल प्रतिको चीनको सकारात्मक नीति, नेपाल प्रतिको सद्भाव, कूटनीतिक, राजनैतिक सबै भएको र विश्वमा विकास हुँदै गएको छिमेकी राष्ट्रवाट हामीले धेरै कुरा सिक्न सक्ने र सम्बन्धलाई प्रगाढ बनाउँदा विकासमा सहयोग पुग्ने धारणा राख्नु, भएको भने चिनबाट आउनु भएका भिक्षु सिद्धार्थ निग्रोधाले बौद्ध दर्शनको शुरुवात नेपालबाट भएको बताउनु भएको थियो ।
र मैले बनाएका कलाहरु नेपाल चाइना पिपुल्स फोरमको सहयोगमा बौद्धको जन्मभूमि नेपालमा बुद्धको २५६२ औं जन्म जयन्तीमा कला प्रदर्शन गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनु भयो भने चीनले अगाडी बढाइराखेको वान वेल्ट वान रोडको विकासलाई कला संस्कृतिसँगै नेपालले विकास जोड्न सक्ने समेत बताउनुभयो ।
कार्यक्रमको सभापतित्व गर्नु भएका नेपाल चीन फोरमका अध्यक्ष सुरेश कार्कीले कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्नुहुने सबै उपस्थित समुदायलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्कीले चीनका यति महत्वपूर्ण व्यक्तित्वले नेपालका बौद्ध गुम्बाहरु धरै भिजिट गरेको र महत्व दिएको यो नै पहिलो हो । त्यसकारण आउँदा दिनमा नेपाल चाइना पिपुल्स फोरमले नेपाल र चीनको जनतामा अझै जनता जनताबीचको सम्बन्ध प्रगाढ बनाउन फोरमले विविध खालका कार्यक्रमहरु गर्दै जाने धारणा राख्नुभएको थियो ।
कार्यक्रम समापनसँगै चीनमा भिक्षु सिद्धार्थ निग्रोधाले बनाएका बुद्धिष्ट सम्बन्धी कलाहरु नेपालका विशिष्ठ व्यक्तित्वहरुले अवलोकन गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend