जन आकाश
। जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई चितवनमा स्वागत गरीएको छ । उनले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधै आफु लागि पन े सुशील राठौरको भनाई छ । प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गने प्रविधीमैत्री प्रहरी अनुसन्धान, प्रहरी हाम्रो टोलमा र प्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघनेय अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लागनेलाई कडा भन्दा कडा कारबही गने स्वागत कार्यक्रममा उनले बताएका छन् । उनले सबै क्षेत्रका कार्यरत प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताए ।प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको सबै क्षेत्रका कार्यरत प्रहरीहरुसगै स्वागत कार्यक्रममा आफुले आबश्यक पने ठांउमा कडा रुपमा काम गनुपने निदेशन पनि दिनु भयो । प्रहरी प्रधान कार्यालयले दिपक थापा सहित ७९ जना एसपीहरुको सरुवा गरेसगै जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो । प्रहरी स्रोतका अनुसार चितवनमा सुशील राठौर, पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भए थिए। कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ। अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।प्रहरी संगठनलाई मजबुत बनाउन विभिन्न कार्यालयको भौतिक संरचना निर्माणको कामलाई अरु तिव्रताका साथ लागने चितवन आएका सुशील राठौर बुधबार आफुलाई स्वागत गने बेला खुशी ब्यक्त गदै बताएका हुन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend