logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बैंक लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ्ग सेवा


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ४ २०७५

 



एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा बैंकले सातौ शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ३ गते बाट संचालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष श्री हरि रोकायाज्यूले गर्नु भयो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्री घटाल ब्रह्रादेव जनरल स्टोर (प्रोप्राईटरः कलक बहादुर रोकाया) लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकको नीति हरेक उपयुक्त बजारमा आफ्नो सेवा विस्तार गरी ग्राहकलाई सेवा दिनु हो र निकट भविष्यमा अरु धेरै शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य यस बैंकको रहेको छ । सक्षम यु. के. एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु सँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend