logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी बैंकको दुई ँशाखा विस्तार


  • जन आकाश
  • बिहिबार, जेष्ठ १० २०७५

 



लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा हिजो सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालीकामा नया ँशाखाहरु संचालनमा ल्याएकोे छ ।

थप शाखाहरुको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । शाखाहरुका लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास बनाउदै लगेको छ ।

शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३÷७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफलभएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशकाविभिन्न क्षेत्रका साना लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend