जन आकाश
सिद्घार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिटयान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच एक विशेष कार्यक्रम बीच सो सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डोल प्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ११२ शाखाहरुबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ । सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने जानकारी समेत दिनुभयो ।
बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११० ब्त्ः र ८०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप रु. ९० अर्ब ६४ करोड र कर्जा लगानी रु.८२ अर्ब ४ करोड गरेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend