जन आकाश
नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एन आई सी एशिया बैंकले नयाँ शाखा बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेकोबंकुलबजार शाखाको आज २०७५जेष्ठ १६गते एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर श्री राजीव रंजन यादव ज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend