logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह


  • जन आकाश
  • बिहिबार, जेष्ठ १७ २०७५

काठमाडौँ, १७ जेठः नेपालका एकजना उद्योगपति तथा नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानीगर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमण र अस्थिरता पछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरु तर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनुभएको हो ।
नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहनुभएका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधनगर्दै नेपालले श्रम सम्बन्धी कानुनमा हालैसुधार गरेको र यसबाट श्रमिकका हकअधिकारको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको पनि स्पष्ट गर्नुभयो ।
श्रमिकहरुको सामाजिक सुरक्षा सहितका विषयलाई समेत समेटेर श्रम कानुन मागरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताउनुभयो ।
नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनिउल्लेख्य प्रगतिहुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राख्नुभएको छ ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धन र नयाँनयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताउनुभयो ।
आर्थिक बृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनिउहाँले राख्नुभयो ।
कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पु¥्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।
यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको नेपालले अपेक्षा गर्ने धारणा पनिउहाँले सो सम्बोधनका क्रममा राख्नुभयो ।
उक्त सत्रम ाआइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको ढकालले जानकारी दिनुभएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रयही मे २८ देखि जुन ८ सम्म उक्त सत्र सञ्चालनहुनेछ । समाचार सो्रत राजु पौडेल



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend