जन आकाश
एनआई सी एशिया बंैक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा“एक कर्मचारी, एक फलफुलविरुवा”भन्ने नाराका साथ एवं आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धापासी स्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बंैकले विश्वास लिएको छ ।
एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीयकार्यालय तथा शाखाकार्यालयहरु मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्ममा करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend