logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अदालत भित्र अनावश्यक दरबन्दी कानुनमन्त्री


  • जन आकाश
  • आइतबार, जेष्ठ २७ २०७५

काठमाडौ ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ्गले न्यायलय भित्र आवश्यक भन्दा बढी न्यायाधीश पद रहेकाले पुनरावलोकन गरिने बताएका छन् । उनले प्रधानन्याधीशको नियुक्तिको टुंगो लगाउन पनि चाँडै संवैधानिक परिषदको बैठक बस्ने जानकारी दिए । ‘अनावश्यक न्यायाधीश पदलाई खारेज गर्नेछौं ।
हामी पुनरावलोकन गरिरहेका छौं’, सञ्चार केन्द्रमा आइतवार आयोजित एक कार्यक्रममा तामाङ्गले भने । केही पद रिक्त भएको विषय भन्दा पदमा बहाल रहेका न्यायाधीशबाट राम्रो काम भएको छ कि छैन भनी अनुगमन गर्नु महत्वपूर्ण रहेकोले आफ्नो ध्यान त्यसतर्फ हुने उनले बताए । मेलमिलापसम्बन्धी काम गर्ने संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमममा मन्त्री तामाङ्गले संविधानको प्रक्रिया अनुसार प्रधानन्याायाधीश नियुक्तिको काम भइरहेको जानकारी दिए ।
‘संसदको नियमावली बनेकाले अब सुनुवाई समिति गठन हुन्छ । त्यस अघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशको टुंगो लगाउनेछ’, परिषदका सदस्य समेत रहेका कानुनमन्त्री तामाङ्गले भने । ‘अदालत शुद्ध हुन सके राज्यका अन्य निकाय पनि शुद्ध हुन्छ । अन्यत्र अनियमितता, भ्रष्टाचार गर्ने व्यक्तिलाई समेत अदालतले कारवाही गर्न सक्छ । आफै शुद्ध भएन भने त्यो काम हुन सक्दैन’, उनले भने । समाजमा हुने विवाद, झमेला सकेसम्म मेलमिलापबाटै अन्त हुनुपर्ने, नसकेमा मात्र अदालत पुग्ने मान्यता यस्ता मेलमिलाप केन्द्रको हुने र सरकारले पनि यो कार्यलाई प्राथमिकता दिने मन्त्री तामाङ्गले जानकारी दिए ।
सांसद रामनारायण विडारीले अदालतमा अझै सँमन्तीप्रथा रहेकाले त्यसलाई हटाइनुपर्ने बताए । केन्द्रका अध्यक्ष चुपबहादुर थापाले ठूल–ठूला विवाद समेत केन्द्रकै समन्वयमा मेलमिलाप भएको दृष्टान्त राखेका थिए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले मेलमिलाप नीतिले समाजलाई सही दिशा अघि बढाउन सहयोग पु¥याउने बताए । संवैधानिक तथा न्यायिक पत्रकार समाजका अध्यक्ष्ँ लिलाधर उपाध्याय, केन्द्रका रामचन्द्र बलसमेतले न्यायिक शुद्धताका लागि प्रभावकारी भूमिका निर्वाह गर्न कानुन मन्त्री तामाङ्गलाई सुझाव दिएका थिए।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend