logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु विस्तार


  • जन आकाश
  • सोमबार, जेष्ठ २८ २०७५

 



एन आई सी एशिया बैंकको सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको २०७५ जेष्ठ २७ गते एक समारोहका बिच समुद्घाटन सुसम्पन्न भएको थियो । बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष श्री निरन्जन प्रसाद दासज्यूबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर श्री भरत कुमार थापाज्यूबाट बागमती शाखाको विधिवत् समुद्घाटन सुसम्पन्न भएको थियो ।
साथै झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ २७ गतेबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. १ (२ क) का प्रदेश सभासद माननीय श्री एकराज कार्कीज्यूले गर्नुभएको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्री राजमणि पौडेलज्यूलाई नियुक्त गरेको छ । एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend