logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

हिमालय एअर लाइन्सबाट प्रधानमन्त्रीको चीन भ्रमण ।


  • जन आकाश
  • मंगलबार, असार ५ २०७५

प्रधानमन्त्री केपीशर्मा ओली तथा श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्चअधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा २०७५ सालअसार ५ गते जनगणतान्त्रिक चीनकोे राजधानी बेइजिङ हिमालय एअरलाइन्सको एयरबस वाट प्रस्थानगर्नुभएको छ ।
उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो ।
भ्रमणमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी थिए ।
भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी हुनुभएका अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउग्वोछ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासन तर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा उपस्थित हुनु भएको थियो ।
चिन भ्रमणका क्रममा नेपाल–चिन आपसी सम्बन्ध साथसाथै व्यापारिक, आर्थिक, कुटनैतिक र चिनले गरेको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्ने विभिन्न अर्थ विज्ञहरुको भनाई आएको छ । यो अवसरमा नेपालका प्रधानमन्त्रीको चिन भ्रमण निकै महत्वको रुपमा हेरिएको छ । यो भन्दा अगाडी पनि चिन भ्रमणका क्रममा प्रधानमन्त्री वलीले नेपाल–चिन १० बुदँे सम्झौता गर्नुभएको थियो जसमा पारवहान लगायत नयाँ नाकाहरुको पहिचान, विस्तार र फ्रेम वर्क गर्ने गरि सहमतीहरु भएका थिए । जसलाई पूर्णता दिन यो भ्रमण नेपालीहरुको निम्ती उत्साहप्रद देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend