logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“मुक्तिनाथ विकास बैंक माछापोखरीमा पनि”


  • जन आकाश
  • आइतबार, असार १० २०७५

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं.१६, माछापोखरीमा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।



उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर श्री सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले उक्त शाखा कार्यालयको संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि स्वामी आनन्दले मुक्तिनाथ विकास बैंकले प्रदानगरिरहेका सेवाहरुमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

उक्तकार्यक्रममा विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा श्री कुञ्जना घिमिरे (सुन्तली) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्तगर्नु भयो । त्यसैगरी नेपाल होटल व्यवसायी संघका अध्यक्ष अमर दाहालले यो विकास बैंकले बसपार्क क्षेत्रलाई लक्षित गरी हामीलाई अझै नजिकबाट सेवाप्रदान गर्न आएकोमा स्वागतगर्दै बैंकको प्रगतिको कामना गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो ।त्यसैगरी बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभएको थियो ।

उद्घाटन समारहोका सभाध्यक्ष तथा संचालक समितिका अध्यक्ष्य खिमप्रकाश मल्लले सदैव गुणस्तरीय सेवाप्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तिय तथा गैर वित्तिय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाण्डौ उपत्यका भित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमल विनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतली बाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend