जन आकाश
नेपालमा फुटबल प्रेमीहरुको चासो
सट्टेवाजीहरुको विकृति व्याप्त ।
युवायुवतीहरुको आफ्नै सोच ।
फुटबल खेलको विश्वकप प्रतियोगीता रसियामा चलिरहेको छ । समूह चरणका खेलहरु भइरहेका छन्, विश्वका सामान्य नागरिकदेखि महत्वपूर्ण अंगमा रहेका व्यक्रिहरु सबैले प्रविधिको सहायता अर्थात् टेलिभिजनबाट देश देशले समूहगतमा खेल्ने फुटबल खेलको मजा लिइरहेका छन् ।
फुटबलको इतिहास
फुटबल खेलको शुरुवात उरुग्वे देशबाट भएको पाइन्छ । अहिलेसम्म आइपुग्दा विश्वकप १४औं संस्करणमा आइपुगेको छ । यो चौथौ संस्करणसम्म आउँदा सबैभन्दा बढी जित्ने ब्राजिल हालसम्म अग्रस्थानमा रहेको छ । ब्राजिलले ५ पटक विश्वकप जितेर आफ्नो किर्तिमान कायम नै राखेको छ । दोश्रोमा जर्मनले गएको २०१४ मा विश्वकप जितेर दोश्रो स्थान कायम राखेको छ । विश्वकप शुरुभएदेखि एसिया महादेशले अहिलेसम्म विश्वकप जितेको छैन । धेरै कप जित्ने अमेरिकी महादेश र युरोपको वर्चश्व कायम नै छ ।
एसियाको अवस्था
एसिया महादेशका राष्ट्रहरुको अवस्था यो चौधौ संस्करणसम्म पनि त्यति आशा गर्ने ठाउँ देखिँदैन । एसियाबाट जम्मा ४ वटा राष्ट्रले मात्र भाग लिन पाउँछन्, जसमा धेरैजति भाग लिनेमा इरान, साउदी अरविया, जापान, कोरिया रहेका छन् । अष्टे«ेलिया महादेश छुटै भएपनि फुटबलमा एसियाबाट कोटामा पारिएको छ । यो पाँचै राष्ट्रको यतिबेला विश्वकपको नतिजा हेर्दा एउटा जापान बाहेक कुनै पनि राष्ट्रले राम्रो नतिजा निकाल्न सकेका छैनन् । यस्तो अवस्था देख्दा एसियाली राष्ट्रहरुले फुटबलमा निकै मेहनत गर्नुपर्ने देखिन्छ । एसियाका सबैभन्दा ठुला राष्ट्र चीन–भारत फुटबल खेलमा पछाडि छन् ।
नेपालको फुटबल
कुनैबेला दक्षिण एसियामा दबदबा कायम गरेको नेपाली फुटबल टिमले पछिल्लो समय अपवादमा बाहेक फुटबलको स्तर माथि उठाउन, खेल्न सकेको छैन । तर फुटबल प्रेमीहरु भने नेपालमा अत्याधिक रहेको छ । नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा जहिले पनि नेपालीहरुको मनको विश्वास देश सम्झेर नेपालको फुटबल टीमलाई जिताउन मनमनै प्रार्थना गरिराखेका हुन्छन् भने समय हुनेहरु त टेलिभिजनमा आँखा पनि नबिराई फुटबल खेल हेर्ने गर्दछन् । तर त्यो नेपालीहरुको विश्वास, नेपालले जितोस् भन्ने कामना धेरै जति खेर गएका छन । त्यो नेपालको फुटबलको नेतृत्व गर्ने अखिल नेपाल फुटबल संघ, खेलकुद मन्त्रालयले अहिलेसम्म राम्रा खाका राष्ट्रियस्तरका खेलमैदान एक दर्जन पनि छैनन्, अन्तर्राष्ट्रिय फुटबल मैदान त रंगशाला भूकम्पपछि बन्द छ भने सशस्त्रको हलचोक, सातदोबाटो, पोखराको रंगशाला बाहेक अन्य अन्तर्राष्ट्रिय फुटबल मैदान बनाउन सकेका छैनन । भौतिक पूर्वाधारको अवस्था यस्तो छ भने खेलको स्तर दया लाग्दो अवस्थामा छ । तर पनि विश्वकप चलिरहँदा नेपालको फुटबलको विकास चाहने फुटबल विशेषज्ञहरुले विश्वकपको अवसरमा नेपालले पनि अल्पकालीन, दीर्घकालीन योजनाबाट बनाएर फुटबलको विकास गर्नुपर्ने धारणा राखिरहेका छन् ।
अर्कोतर्फ विश्वकप चलिरहँदा नेपालमा युवायुवतीहरुमा फुटबलको मजा लिन रमाइलो गर्ने परिपाटी र देखासिकी गरेर मनोरञ्जन गरिरहेका देखिन्छन् तर यो देशको विकास, खेलकुदका महत्वपूर्ण खेलाडी हामी बन्नुपर्छ हाम्रो नेपाल देशको आधार हामी हौं भन्ने भावना अहिलेका युवायुवतीमा देखिँदैन । केही युवायुवतीमा देशभक्तिपूर्ण भावना र निष्ठा नभएको भने होइन तर समग्रमा धेरैजति युवायुवतीहरुको आफ्नै खालको बढी स्वतन्त्रता जस्तो देखिन्छ ।
नेपालीहरु जुवामा व्यस्त
फुटबल खेल सद्भाव समुहगत रुपमा खेलिने र एक अर्को आफ्नो मनपर्ने टिमलाई समर्थन गरेर सिष्ट, अनुशाषित भई खेल्ने, हेर्ने खेल हो । तर विश्वमा यो पवित्र खेलको महामेलाको बेला पारेर विभिन्न खालका जुवाडेहरुले सामान्य नागरिकहरुलाई उक्साहटमा पारेर विभिन्न ठाउँमा खेल्टरहरु बनाएर प्रहरी प्रशासनलाई पैसाको प्रभावमा पारेर जुवा खेलाउने गर्दछन्, जसलाई बाजी भन्ने पनि गरिन्छ त्यस्तै विश्वको एउटा कुनामा खेलिने खेललाई नेपालमा बसेर टिभी हेर्दै जुवाको मोलमोलाई गर्दा यसले विकृतिको रुप लिँदै झैभगडा, कुटपिट भई अराजकता समेत निम्त्याउने गरेको छ । यस्ता विकृतिपूर्ण प्रवृत्तिलाई हामी नेपालीहरु आफैंले सचेत भई सभ्य बनेर फुटबल खेल हेर्ने, खेल्ने र खेलको तौर तरिकाहरु आउँदा युवा पुस्तालाई सिकाउनको लागि सिक्ने गरेर फुटबलको सोच राख्नु पर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend