जन आकाश
ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर श्री शिव प्रसाद ढकाल तथा बैंकका संचालक श्री छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बिच आषाढ २५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर श्री शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कमना गर्नुभयो । साथै बैंकका संचालक श्री छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउनु .हुँदै ज्योति विकास बैंक मार्पत कारोवार गरि सहयोग गर्न अनुरोध गर्नुभयो ।
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ATM मार्पत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमाATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend