जन आकाश
बैंकासुरेन्स सेवा प्रारम्भ
हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ । उक्त संझौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जिवन विमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सो सम्बन्धि संझौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नूर प्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गर्नुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend