logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता


  • जन आकाश
  • आइतबार, असार ३१ २०७५

हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ % सम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । कार्ड कारोबारमा धेरै अनुभव भएको तथा सबै भन्दा धेरै ब्राण्डका कार्डहरु जारी तथा आफ्ना बृहत संजालहरुमा स्विकार गर्ने बैंक हिमालयन बैंक र नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो मध्येको एक अस्पताल, नेपाल मेडिसिटी अस्पताल बीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend