जन आकाश
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रमलाई निरन्तरता दिदै २०७५ श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा(Missed Call Banking Service) संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहक महानुभावज्यूहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नुहुनेछ ।
१. ब्यालेन्स जानकारी ःमोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
२. मिनी स्टेटमेन्ट जानकारी ःमोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३. कलब्याक सेवाः मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend