logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध


  • जन आकाश
  • बिहिबार, साउन ३ २०७५

चितवन, साउन ३–
डिलकुमारि नेपाल,
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोला भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ सोहि क्षेत्रमा आज विहीबार विहान ५ बजे ठूलो पहिरो खसेको छ । पहिरोको कारण अहिले दुईतर्फी नै बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको हो ।पहिरो खसेको स्थानमा वर्षा भईरहेकोले पहिरो हटाउन समस्या भईरहेको र पूर्ण रुपमा पहिरो हटाउने प्रयास जारी नै राखिएको ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए । उनले नारायणगढ–मुग्लिन सडक खण्डको सुरक्षित स्थानमा सवारी रोकी बस्नका लागि सडक प्रयोगकर्ताहरुलाई आग्रह गरेका छन् ।केही दिन अगाडि पनि सोही स्थानमा ठूलो पहिरो खस्दा १२ घण्टापछि बाटो खुलाईएको थियो।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend