जन आकाश
एनआई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्तसम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३२ शाखाकार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend