जन आकाश

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाहिजो सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा संचालनमा ल्याएकोे छ ।
यस नयाँशाखाको साथ,लक्ष्मी बैंकको शाखा संजाल ९४, ४६जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यीशाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३÷७४मारु. ५९.३२ अरब निक्षेप र रु. ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफाआर्जन गर्न सफलभएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधि तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्ती गत सानाव्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगततथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend