जन आकाश
मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसविच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविए माउत्कृष्ट अंकल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्तिगर्ने,विभिन्न विभागअन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदानगर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सके पछि देखिने वेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्षविश्वस्त रहेकाछन् ।उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफविजनेसका निर्देशकडा. रविन्द्र घिमिरेकोे हस्ताक्षर भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend