जन आकाश
स्टोरी, मोहन कार्की
नेपाली काग्रेसका चर्चित र प्रभावशाली छवि बनाउनु भएका नेता हुन्– ज्ञानेन्द्र बहादुर कार्की । २०१३ साल फागुनमा पहाडी जिल्ला भोजपुरको देउराली गा.वि.स वडा नं. ४ हाल षडानन्द नगरपालिका भित्र पर्छ त्यहाँ बुबा कृष्ण मोहन र आमा अम्बिका कार्कीको कोखबाट जन्म लिनुभएको कार्कीलाई जति त्यो भोजपुरको प्राकृतिक विविधता थियो उत्तिकै अम्बिकाका जेठा छोराको रुपमा जन्मेका ज्ञानेन्द्र तिक्ष्ण, बहुप्रतिमाशाली थिए रे उनका त्यतिबेलाका साथीभाइहरुसँग भेट्दा त्यसै भन्ने गर्छन् । मानिसको सामाजिक, राजनैतिक, आर्थिक, प्रतिष्ठा लगायतका सफलता हासिल गर्न आफ्नै मेहनत, लगाव र जागर उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यो मात्र नभएर पारिवारिक वातावरणले मानिसको सफलतामा भूमिका खेलेको हुन्छ । त्यस्तै ज्ञानेन्द्र बहादुर कार्कीलाई सफलतामा पु¥याउन उनका बुबा यतिबेला स्वर्गीय भइसक्नुभएका कृष्णमोहन कार्कीको छोराप्रति स्नेह, उनको हरेक प्रगति प्रति राख्ने चासो जिम्मेवारीको भूमिकाबाट बामेसर्न थालेका कार्की भोजपुरमा रहेको विद्योदय हाइस्कुलबाट एसएलसी पास गरेर उच्च मनोबल राखेर भोजपुर क्याम्पसबाट प्रमाणपत्र तह उत्तिर्ण गर्दै बुबा कृष्णमोहन, आमा अम्बिकाले सानामा छोरा पढेर राष्ट्र र समाजको सेवा गरेस है भन्ने शब्दलाई व्यवहारमा उर्तादै डिप्लोमा अध्ययन गर्न भोजपुरबाट झोला बोकी काठमाडौं आइ त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए । अध्ययनलाई जहिले पनि प्राथमिकतामा राख्ने कार्की, साथीभाइसँग मिजासिलो र समाजमा कुरिति, वेथिति विरुद्ध रचनात्मक कामहरु के–के गर्न सकिन्छ भनेर कक्षा भन्दा बाहिर हरेक साथी भाईको भेटघाटमा समयलाई महत्वपूर्ण बनाउँथे र उनिसँगै पढ्ने साथीभाई विद्यार्थीहरुले त्यतिबेला ज्ञानेन्द्र बाहादुर कार्कीलाई नै २०३९ सालमा नेविसघको केन्द्रिय सभापतिमा चयन गरेका थिए । प्रजातन्त्रले नागरिकका मौलिक हकहरु सुरक्षित गर्छ प्रजातन्त्रमा स्वतन्त्रता प्राप्त हुन्छ स्वतन्त्र नागरिकहरुमा नयाँ जागर पैदा हुन्छ र स्वस्थ्य प्रतिस्पर्धाबाट योग्य, दक्ष सक्षम नेतृत्व देशले पाउँछ भन्ने प्रष्ट विचार राख्दै आउनु भएका कार्की त्रिचन्द्रबाट डिप्लोमा सकेर त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा भर्ना हुन पुग्दासम्म विद्यार्थी आन्दोलनको अग्रपक्तिमा रहेर विद्यार्थीहरुले व्यहोर्नु परेका समस्या र देशमा भइरहेका वेतिथि समस्याहरु अन्त्य गर्न पढेलेखेका अध्ययनशील र सक्षम व्यक्तित्वहरुले गर्नुपर्छ भन्ने अडान राखेर संगठित सदस्यहरुलाई सामाजिक परिचालन गर्दा पटक–पटक गरेर त्यतिबेलाको सरकारले झण्डै ४ वर्ष जेल भित्रको कष्टपूर्ण संघर्ष गर्नुपरेको तितो यथार्थ पनि उहाँसँग छ ।
२०३९ सालमा नेविसंघको सभापति पछि २०४३ सालमा नेपाली काँग्रेस पार्टी भोजपुरबाट जिल्ला सचिवको हैसियतबाट प्रजातन्त्रका लागि सपथ खाएका कार्की सोही वर्षदेखि नै महासमिति सदस्यको हैशियतमा भोजपुरका जनतासँगको नङ र मासुको सम्बन्ध पार्टी संगठनको कामप्रतिको प्रतिवद्धता, कार्यकर्तालाई हेर्ने दृष्टिकोणमा एकरुपता, नेपाली काग्रेस पार्टीभित्र आफ्नो क्षमता प्रस्तुत गरेर देखाउन सकेकै कारण २०५८ सालमा सबै नेपाली काग्रेसका नेता, कार्यकर्ताहरुको सर्वसहमतिबाट मनोनित केन्द्रिय सदस्यमा चयन भइसकेर जिम्मेवारी पदमा पुग्दा सानामा बुबा–आमाले पढेर राष्ट्र र समाज सेवा गर्नु है बाबु भन्ने आर्शिवाद केही मात्रामा पुरा गरेको महसुस भएको कार्कीले यतिबेला बताएका थिए ।
त्यसैगरी नेपाली काग्रेसको ११औ अधिवेशनबाट नेपाली काग्रेसमा निर्वाचित केन्द्रिय सदस्य जनताको माया, ममता तथा पार्टीको विश्वास भरोसाबाट लोकप्रिय ज्ञानेन्द्र बहादुर कार्कीको चुनौति नै चुनौतिका पहाड बनेका थिए लोकप्रियता र जनसमर्थन भएपनि चुनावी मैदान प्राविधिक तरिका समेत प्रयोग हुने हुँदा २०५१ सालको निर्वाचनमा भोजपुरबाट २६ मतको अन्तरले संसद हुन रोकेको थियो भने देशको आमुल परिवर्तनमा विद्यार्थी आन्दोलन, २०४६ सालको बहुदलीय व्यवस्थाका लागि व्यवस्थित संगठित अनुशाशित आन्दोलन गर्ने अगुवा, र २०६२÷६३ को आन्दोलनलाई व्यवस्थित गर्न नेपाली काँग्रेसबाट खेलेको भूमिका ज्ञानेन्द्र बहादुर कार्कीका नेपालको लागि उदाहरणीय इतिहास बनेको छ । त्यही सक्षमता, दक्षता, अनुभव अन्तराष्ट्रिय स्तरमा युरोपियन राष्ट्र जर्मनको हाइडल वर्ग युनिर्भसिटीमा चारवर्षको अध्ययनबाट खारिएर त्यहाँको असल व्यवस्थापन देखेर नेपाल फर्केका कार्कीले नेपाली काँग्रेसभित्र जर्मन मोडलको चर्चा गरेका कार्कीलाई नेपालको विकासको सम्भावना बोकेको क्षेत्र जलविद्युत त्यही २०६२÷६३ को जन आन्दोलन पछि बनेको अन्तरिम गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा जलस्रोत मन्त्री बन्ने अवसर प्राप्त भयो । त्यो छोटो अवसरलाई विकासमा बदल्न सक्ने गरी माथिल्लो तामाकोशी, स्वदेशी लगानीमा बनाउन सकिन्छ भनेर आन्तरिक स्रोत जुटाई निर्णय गर्न हिम्मत गर्ने विकासवादी सहासी नेताको रुपमा परिचित भएका थिए । आज माथिल्लो तामाकोशी ४५६ मेगाबाट स्वदेशी लगानीमा धमाधम बनिराखेको छ । त्यति नै बेला मझौला जलविद्युत स्वदेशी लगानीमा बनाउन स्वदेशी कम्पनीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएका कार्कीले नेपालका ठुला जलविद्युत आयोजना अरुण तेस्रो माथिल्लो कर्णाली स्वदेशी लगानीमा बनाउन सकिन्छ कि सकिदैन भनेर अध्ययन गराएका थिए ।
नेपालको सरकार गठन विघटन भइरहने र छोटो समयको लागि अन्तरिमकाल भएपनि धेरै परिणाम आउने गरी काम गरेर राष्ट्रका लागि योगदान पु¥याएका थिए त्यसैको परिणाम केही महिनापछि नै माथिल्लो तामाकेशी जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिदैछ । उनकै पालामा अध्ययन गरेको अरुण तेस्रो भारतीय कम्पनीले नेपालीलाई २७ प्रतिशत निःशुल्क विद्युत दिने गरी बनाउदैछ भने माथिल्लो कर्णाली विवाद र चर्चामा छ ।
कार्कीको सफलता एकपछि अर्काे गर्दै २०६४ सालको निर्वाचन पनि सुखद रहेको छैन । भोजपुरबाट सभासदको लागि उम्मेदवारी दिएका कार्की पुनः पराजित भएका थिए र पनि कति पनि विचलित नभई आफ्नो जिम्मेवारी प्रजातन्त्र, राष्ट्र, जनता, कार्यकर्ताहरु प्रति गर्नुपर्ने दायित्व पुरा गर्दै आएका कार्कीको योगदानको उच्च मुल्याङ्कन गर्दै २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको लागि समानुपातिकबाट उम्मेदवारी उठायो र सभासद हुनुभयो ।
विगतमा नेपाली काग्रैस पार्टीबाट नेतृत्व गर्दै नेपाली काग्रेस पार्टीमा सिनियर नेताहरुको विश्वास, कार्यकर्ताहरुको माया र छोटो समयमा जलस्रोत मन्त्री हुँदा राष्ट्रलाई पु¥याएको योगदान, त्यस निर्णयबाट खुसी भएका जनता जर्मनबाट आर्जन गरेको शिक्षा सबै दृष्टिकोणले निपुर्ण ज्ञानेन्द्र बाहादुर कार्कीलाई २०७४ मा नेपाली काग्रेसको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी संगाल्ने अवसर प्राप्त भयो । यस पाठबाट अध्ययन गरेर लगनशील हुने व्यक्ति कहिल्यै असफल हुदैनन र असफलता नै मानिसको लागि सफलता प्राप्त गर्ने पाठ हो भन्ने उदाहरण कार्कीको मिलेको छ । अर्थमन्त्री भएर अर्थमन्त्रालयको जिम्मेवारी राम्रोसँग सँगालेर नेपाली काग्रेस पार्टीको मात्र अर्थमन्त्री जस्तो नभई सबै नेपाली जनताको हितमा काम गरेर नेपालीहरुको मन जित्न सफल कार्की अर्थमन्त्री भएकै अवस्थामा २०७४ प्रतिनिधिसभा र प्रदेशको निर्वाचन भयो उक्त निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदारी दिइ झण्डै ७ हजारको अन्तरले विजय प्राप्त गरेर नेपाली काग्रेस पार्टीको धेरै अन्तरमतले विजय हुने सांसद भएर प्रभावशाली नेताको रुपमा रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend