जन आकाश
ग्लोबल कीटेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्यप्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमामात्र यो अफर लागू हुनेछ ।
रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकको सबैभन्द ाअग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा ।यस्तो अफर सुरु गरेको हो ।
रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखकादिन २३ वर्षीय साहसी युवक नबिन मगरले फहराउने भएका छन् ।
मोबाईल र मुल्यअनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जतिपनि मूल्यका । मोबाईल शुन्यप्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।
योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्यप्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्यप्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।
ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाण्डौ उपत्यका भित्रमात्र संचालनगरिएको छ ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पलएप स्टोरमा गरी १ लाख भन्दाबढी डाउनलोड भैसकेको छ । विश्वका ७ महादेशका उच्च हिमशिखररुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिनाभित्रमा रिचार्जरलाई विश्वभरीका प्रयोगकर्ता।।सम्मपुर्याउने लक्ष्य अनुरुप काम भैरहेको छ ‘
रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीदगर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथाहवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend