logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोनिका ईन्टरनेशनल ग्रुपलेअनमोल साँझ हुने लागेको छ


  • जन आकाश
  • शनिबार, साउन १९ २०७५

 



डील कुमारी नेपाल ,पुनम लामिछाने

।चितवन, साउन –चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने लागेको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा अनमोल साँझ हुन लागेको हो ।आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साँझ २०७५ बारे जानकारी दिन आज आयाजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हुन ।कार्यक्रममा चर्चित नायक अनमोल केसीले आफै गित पनि गाउने भएका छन् । कन्र्सटमा नायिका प्रियंका काकी, भेटेनलगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको विशेष प्रस्तुती रहने मोनिका ईन्टरनेशनल गुप काठमाडौंका अध्यक्ष कमल जिसीले जानकारी दिए ।कार्यक्रममा नायक केसीको नृत्यसंगै दुई वटा गीत प्रस्तुत हुनेछ । जिसीका अनुसार अनमोलले स्टेजमा के यो माया हो र तुरुरुरु बोलको गीत पनि गाउने छन् । उनको लाईभ नृत्य समेत दर्शकहरुले हेर्न पाउने छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका साथै युवा पुस्ताको मनमा बस्न सफल नायक अनमोलको यो पहिलो अफिसियल कन्सर्ट टुर हो । उनले ६ वटा गीतमा नायक अनमोलसंगै नायिका प्रियंका कार्कीको विशेष प्रस्तुती नृत्य समेत गर्ने मोनिका ईन्टरनेशनल ग्रप काठमाडौंका अध्यक्ष जिसीले जानकारी दिए ।स्थानीय आयोजकको रुपमा द सिल्ड चितवन रहेको छ । चितवनमा आयोजित कन्सर्टको सबै व्यवस्थापन द सिल्डले नै गर्ने अध्यक्ष विनय लामाले बताए । अनमोल साँझ दिउँसो २ बजेदेखी साँझ ८ बजेसम्म चल्नेछ ।
चितवनमा करिव १० हजार दर्शकको उपस्थिति रहने आयोजकले विश्वास लिएको छ । दर्शकको सहजता र सर्बसाधरण दर्शकलाई प्रवेशमा सहज होस् भन्नका लागि २०० रुपैयाँदेखिको टिकट व्यवस्था गरिएको आयोजक मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंले जनाएको छ ।

अग्रिम टिकट खरिद गर्नेले यो मूल्यमा टिकट पाउने छन् भने सोही टिकट कार्यक्रमको दिन ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै ५०० रुपैयाँको टिकटमा स्न्याक्स, एक हजारको टिकटमा डिनर, ३ हजार रुपैयाँको टिकटमा नायक अनमोललगायतका कलाकारसंग बसेर डिनर र स्टेजको पहिलो भागमा बसेर कार्यक्रम हेर्न पाउने ब्यबस्था गरिएको मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंका अध्यक्षले जानकारी दिईए । ३ हजार रुपैयाँको टिकट अनलाईनबाट बुकिङ खुल्ला गरिएको भन्दै हालसम्मको तथ्याङ्क हेर्दा ३ हजारको टिकट बुकिङ गर्ने दर्शक सबैभन्दा बढि चितवनको रहेको अध्यक्ष जि।सी।ले बताए ।देशका चार मूख्य शहरबाट सुरु हुने यो कार्यक्रम भदौं ९ गते रुपन्देहीको बुटवलबाट सुरु भई भदौं १६ गते कास्कीको पोखरा र भदौं २३ गते चितवन हुँदैं भाद्र २७ गते झापाको विर्तामोडमा हुँदैछ ।तीन घेरामा सुरक्षा व्यवस्थानायक अनमोल केसीको फ्यानफ्लोईङ धेरै भएकाले अनमोलका लागि चितवनमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । ठूलो कार्यक्रम भएकोले आयोजकले सुरक्षामा विशेष जोड दिएको छ । आयोजक मोनिका ईन्टरनेशनलग्रुप काठमाडौंका अध्यक्ष कमल जिसीले देशका चार मूख्य शहरमा हुने यो कार्यक्रममा सुरक्षा व्यवस्था कडा हुने बताए । यता चितवन कन्सर्टका लागि स्थानीय आयोजक द सिल्ड चितवनले पनि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिने बताए । द सिल्डका सल्लाहकार आश्विन घिमिरेले चितवनको कन्सर्टमा तीन वटा घेरामा सुरक्षा व्यवस्था मिलाईएको उनले गृहमन्त्रालयसंगै सुरक्षाको माग गरिएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend