logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लायन्स क्याबिनेट बैठक आज सम्पन्न


  • जन आकाश
  • आइतबार, साउन २० २०७५

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक काठमाडौंमा शनिबार सम्पन्न भएको छ । बैठक एरिया नम्वर एकको आयोजनामा भएको थियो ।
कार्यक्रममा लायन्स क्लबका इन्टरनेसनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लबले नेपालमा राम्रो मानवीय सेवा गरेको बताए । उनले यसले गर्दा विश्वमा नै नेपालीहरुप्रति सम्मान बढेको जानकारी दिए ।
पूर्व डाइरेक्टर सञ्जय खेतानले संसारभर नेपाली लायन्सको योगदान प्रशंसनीय भएको बताए । डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको अध्यक्षतामा बैठक भएको थियो । बैठकमा ३ सय ८६ क्लबका १ हजार ३ सय जना सहभागी भएको आयोजकले बताएको छ ।
कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend