जन आकाश
काठमाडौं । नेपाल यातायात मिनी बस सेवा समितिका अध्यक्ष गोपल चन्द्र गुरुङ्गले नेपालको यातायात क्षेत्रमा सरकारको व्यवस्थापन कमजोर रहेको तर्क राख्छन् । अहिले यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट हटाउन सरकारले गरेको हल्ला अव्यवहारिक छ । हामीलाई पनि समय दिनुपथ्र्यो, गाडी कुदाउन सडक चाहिन्छ । सडक भद्रगोल छ। ट्राफिक जाम त्यत्तिकै छ । अफिस टाइममा समयमा नै कर्मचारीहरु अफिसमा नपुग्नुमा धेरैजति कारण ट्राफिक जामको कारण बनिराखेको छ । त्यतापट्टी ध्यान सरकारले दिएको छैन । हाम्रो नेपाल यातायातले प्रत्येक २ मिनेटको फरकमा बस कुदाउँछ तर एउटा चोकमा झण्डै १० देखि १५ मिनेट जाम भयो भने जाम खुल्ने वित्तिकै लहरै १० वटा बस एक पटक आइपुग्छ अनि अफिस टाइममा यात्रुहरु अगाडी आउने बसमा यात्रा गर्छन् पछाडि आउने बस खाली नै हुन्छ यो पुरानै ट्राफिक संरचनाले अब नेपाल सरकारले ल्याएको प्रा.लि. नीतिले झनै समस्या थप्दैछ ।
गुरुङले हामीसँगको भेटघाटमा भने– सरकारले प्रा.लि.मा जानलाई उद्योगमा गाडी दर्ता गर भन्छ । उद्योग भनेको त कुनै वस्तु उत्पादन गर्ने ठाउँ हो । हामीले अरु देशमा बनेका गाडी भएपनि स्वदेशी पुँजी विशेष गरेर खाडी मुलुकमा गएर मेहनत गरेर ल्याएको ५।१० लाख रुपैयाँ डिपोजिट गरेर किस्तामा फाइनान्सबाट गाडी निकालेर आफै ड्राइभर खलासी भई बालबच्चा पाल्दै पढाउँदै आएको हजारौं, लाखौं यातायत व्यवसायी र श्रमजीवी भएको बताए ।
प्रा.लि.मा गाडी दर्ता गर्न लाँदा व्यक्तिको नाममा साधन हुनुपर्छ । लोन चुक्ता नगरुनजेलसम्म गाडी फाइनान्सको नाममा हुन्छ । अनि कसरी प्रा.लि.मा दर्ता गर्न सकिएला अर्कोे, हामी सरकारले ल्याएको नीतिमा सरकारलाई असहयोग गर्ने भनेका छैनौं । तर प्रा.लि.मा दर्ता गर्न जाँदा सरकारले भन्छ एउटा भइदिन्छ अर्को । त्यहाँ कम्पनी र उद्योग पुग्दा के–के मापदण्ड पुगेन भनेर दिइने झन्झट जस्ता कारणहरुले वास्तविक श्रमजीवीहरु यातायात क्षेत्रबाट विमुख हुने र जसले अरबौं लगानी गर्न सक्छ त्यो मात्र यातायात व्यवसायी हुने नीति आएको छ । त्यसकारण सिन्डिकेट के हो के होइन यो राम्रोसँग यात्रुहरुले पनि बुझ्न जरुरी छ भन्दै यात्रुहरुलाई समेत आग्रह गर्छन् गुरुङ ।
गुरुङले यातायात क्षेत्रमा नेपाल यातायातको सार्वजनिक सुविधा र व्यवस्थापनमा उदाहरणीय भएको बताएका छन् । हाल १४३ वटा बस नेपाल यातायात मिनीबस सेवा समितिमा आबद्ध छन् । नेपाल यातायात मिनिबस सेवा समितिमा आबद्ध व्यवसायीहरुको विविधखाका समस्याहरुलाई समितिमार्फत नै समाधान गर्दै आएको समेत गुरुङले बताए र भने यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि कमजोरी छ । ड्राइभर, खलासी भन्ने वित्तिकै हेप्ने गर्दछन् यातायात क्षेत्र केही सर्टेन पैसा लिने भएपनि सेवामुखी क्षेत्र हो । हामी पनि देशका नागरिक हौं हामीले बस चालक, सहचालकहरुलाई यात्रुहरुसँग गर्ने व्यवहारको बारेमा बेलाबेलामा तालिम दिएर सिष्ट, सभ्यसँग व्यवहार गर्न सिकाएका छौं, त्यस्तो बरु सरकारी कार्यालयहरुमा देखिँदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend