logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त


  • जन आकाश
  • बुधबार, साउन २३ २०७५

 



आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।  श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो ।  श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कार्यकारी अधिकृतको सफथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु,  बीमा समिति, कम्पनीको संचालक समिति, शेयधनीहरु, कम्पनीमा व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत समस्त कर्मचारी वर्गलाई धन्यवाद दिंदै कम्पनीका ग्राहक महानुभावहरुलाई सधन्यवाद व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend