logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“ मुक्तिनाथ विकास बैंकका पाँच शाखा एकै साथ”


  • जन आकाश
  • बिहिबार, साउन २४ २०७५

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर , सुनसरी जिल्लाको इटहरी तथा इनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको छ ।



बर्दीबास शाखाको समुद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष प्रहल्लाद क्षेत्री, रौतहट शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना, ईटहरी शाखाको समुद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस कुमार विष्ट, इनरुवा शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजिब कोइराला तथा दमक शाखाको समुद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गर्नु भयो ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend