logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि. अस्पताल प्रा.लि. बिच सम्झौता


  • जन आकाश
  • सोमबार, साउन २८ २०७५

 



स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा (ऋबकज -Cash Less Hospitalization) ० प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलाली बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend