logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नवलपरासीको बौदीकालीमा जनता बैकको नयाँ शाखाबाट कारोवार शुरु


  • जन आकाश
  • सोमबार, साउन २८ २०७५

 



वित्तीय सेवा मार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन र सरकारको चाहना अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पु¥याई बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो ।

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् भन्दै आज जनाएको छ ।

यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend