logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंक र कुमारी बैंक बीच रेमिटेन्स सम्झौता


  • जन आकाश
  • मंगलबार, साउन २९ २०७५

ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच मिति २०७५ श्रावण २९ गते रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्पबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गर्नुभयो । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
यस सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend