logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्मचारीलाइ पनि ज्योति विकासको अफर


  • जन आकाश
  • शुक्रबार, भाद्र १ २०७५

 



ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बंैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, Visa Debit Card, Smart Mobile Banking, ABBS, C-ASBA, Cheque Book, Internet Baking जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र न्ययमGood For Payment Cheque जारी गर्दा पनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि Jyoti Professional Loan को पनि ब्यवस्था गरिएको जनाएको छ ।

यस बैंक ग्राहक महानुभावहरुलाई अत्याधुनिक (Corporate Image) सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि ९ऋयचउयचबतभ क्ष्mबनभ० बजारमा स्थापित गर्न सफल भएकोे छ । हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हाल कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रकियामा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend