logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बैंककों शाखा विस्तार तिब्र ।


  • जन आकाश
  • बुधबार, भाद्र ६ २०७५

 



एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिकाको भुजौलीमा आपm्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा भदौ ६ गतेबाट संचालनमा ल्याएको आजको विज्ञप्तिमा छ ।

बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुन चन्द्र चौधरीज्यूको उपस्थितिमा सम्पन्न भयो र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकालज्यूलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नुहुनेछ। साथै सो सेवाबाट बैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३८ शाखा कार्यालयहरु, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५४ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ भन्ने दावी वैकको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend