जन आकाश
यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व ब्यवस्थित र भब्यरुपमा मनाउन श्रीकृण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीको अध्यक्षतामा १०८ श्रीकृष्ण जन्माष्टमी मुल आयोजक समिति गठन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल,श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिको आज बसेको सयुत्त बैठकले विगत वर्ष भन्दा यस वर्ष अझ बढी यवस्थित गर्ने कार्यक्रम रहेको छ । दर्शनार्थि, भक्तजनहरुको बढि सहभागीता,मन्दिर दर्शन, प्रसाद वितरणमा राम्रो ब्यवस्था मिलाउन अन्य उप समितिहरु समेत गठन भएको छ । प्रचार प्रसार उप समितिमा भोला दाहाल,सास्कृतिक,प्रसाद वितरण, झाकी सजावट तथा मन्दिर दर्शन समितिमा वाइजुराज समिति यसै गरि स्वयंसेवक परिचालनमा यूवा परिषद्,सुरक्षा उप समितिमा ज्ञानहरि श्रेष्ठ, मंच संचालन नन्द किशोर शर्मा,अतिथि ब्यवस्थामा लोकेन्द ढकाल लगाएत समितिहरु गठन गरिएकोछ ।
श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाम मनोहरा न.पा. ८ गोठाटारमा आयोजना हुने जन्माष्टमी पर्वमा राष्ट्पती ज्यूको नियमित दर्शन भ्रमण हुदै आएकोले यस वर्ष पनि दर्शन भ्रमणका लागी पत्राचार भैसकेको जनाएको छ । मन्त्रीहरु,सभासद,नगर प्रमुख एवं विशिष्ठ ब्यतित्वहरुको सहभागी रहने यस जन्माष्टमीमा विहान ४ बजेबाट राती १२ बजे सम्म मन्दिर दर्शन खुल्ला रहने छ मुल आयोजक समितिले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend