logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी एक्सप्रेस र NCHL बिच अन्तर बैंक बिद्युतिय भुक्तानी प्ररम्भ ।


  • जन आकाश
  • शुक्रबार, भाद्र ८ २०७५

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार NCHLले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर र्बैक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend