logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु पोखरामा खोल्यो ।


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०७५



एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरा स्थित न्यूरोड पोखरा शाखाको एन आई सी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालूबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा नं. १, नौडाँडा स्थित नौडाँडा शाखाको एन आई सी एशिया बैंकको संचालक बिनोद कुमार प्याकुरेलूबाट आज मिति २०७५ भाद्र १३ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न गरेकाछन ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखा कार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend