जन आकाश
एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रे स्थित डुम्रे शाखाको एन आई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट आज मिति २०७५ भाद्र १४ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend