logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल प्रकाउ मोदीविरुद्ध कालोझण्डा प्रदर्शन गर्न खोजेको आरोप


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०७५

 



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउने योजना बनाएको भन्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाललाई सादा पोशाकमा आएका प्रहरीले बिहीबार बिहान आफ्नै निवासबाट गिरफ्तार गरेको हो ।

‘अध्यक्ष नेपाललाई बिहीबार बिहानै चावहिल घरैबाट सादा पोशाक आएको सात जनाको टोलीले गिरफ्तार गरी लगेको हो’ गे्रटर नेपालका महासचिव रामचन्द्र खडकाले भने । महासचिव खड्काले गिरफ्तारीको निन्दा गर्दै तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।

आज मोदी आउने समयमा विमानस्थल बाहिरको सडकमा कालो झण्डा देखाउने तयारी गरेको सूचना प्राप्त भएको भन्दै गिरफ्तार गरी हिरासतमा राखिएको जनाइएको छ । ग्रेटर नेपालले सुगौली सन्धि अघिका सबै भू–भाग भारतले नेपाललाइ फिर्ता गर्नुपर्ने माग राख्दै निरन्तर संघर्ष गर्दै आइरहेको छ । यसअघि मोदी नेपाल भ्रमणमा आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डासहित विरोध प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा ग्रेटर नेपालका महासचिव रामचन्द्र खडकासहितलाई एयरपोर्टबाटै गिरफ्तार गरी पछि रिहा गरिएको थियो ।

यस अघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमणमा आउँदा पनि नेपाललाई प्रहरीले पक्राउ गरेर तीन दिन हिरासतमा राखेपछि रिहा गरेको थियो । उनलाई यो पटक पनि विमस्टेक सम्मेलन अवधिभर थुनामै राख्ने जानकारी प्रहरी स्रोतले दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend