logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया क्यापिटलको दोश्रो वार्षिक साधारण सभा सम्पन्न ।


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०७५

 



मोहन कार्की
एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा २०७५÷०५÷१५ गते तदनुसार अगस्त ३१, २०१८ शक्रुबार, काठमाडांंैमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरी सार्वजानिक गरिएको छ ।

साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित १,४७,३६,८४२.११ (एक करोड सड्चालिस लाख छत्तिस हजार आठ सय बयालिस रुपैया एघार पैसा मात्र) नगद लाभाँश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

छिटो तथा ग्राहाकमुखि सेवा दिदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले आगामी दिनहरुमा थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरेकाछन । निष्काशन तथा विक्रीप्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवा ग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । साथै एन आई सी एशिया क्यापिटल लिमिटेडले हालै लगानी परामर्श सेवा ल्याएर काम सुचारु गरेको विज्ञप्तिमा जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend