logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

“मुक्तिनाथको शाखा काठमाण्डौंको ठमेलमा”


  • जन आकाश
  • मंगलबार, भाद्र १९ २०७५

 



आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथविकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममाकाठमाण्डौ म.न.पा. वडा नं. १६, ठमेलमाआजआफ्नो शाखाकार्यालय विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो । शाखाकार्यालय उुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शिवाकोटीले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिनु भयो । साथै सहज रुपमा खाताखोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको वताउनु भयो ।यस विकास बैंकले यी सबै कामहरु उत्कृष्ट रुपम ागर्दै आएकोमा प्रशंशा गर्दै ठमेल शाखाको प्रगतिको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा, नेपाल महिला सघंका क्षेत्रीय सभापती (क्षेत्र न. ६) सावित्री राजभण्डारी लगायतले बैंकको सफलताका ेशुभकामना मन्तब्य राख्नु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो ।त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्तगर्नुभएको थियो ।

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदानगर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र ठमेललगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटी र भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend