logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टरबीच सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र २० २०७५

 



लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित एक सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता पछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुने छ ।
लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्ग एजेन्टहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend