logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मत्स्य व्यवसायि संघ ५ दिने भ्रमणमा


  • जन आकाश
  • शुक्रबार, भाद्र २२ २०७५

मत्स्य व्यवसायि संघका पदाधिकारीहरु ५ दिने thailand भ्रमणमा निस्केको छन् । भ्रमणको उद्देश्य thailandका माछा व्यवसायिहरुले अपनाएको प्रविधि, विकास, तरिकाको अवलोकन, सिप लगायतको जानकारी लिई त्याँहाको सिप, प्रविधि, तरिका नेपालमा पनि प्रभावकारी बनाउदै नेपाललाई माछामा आत्म निर्भर बनाउने गरि काम गर्नु रहेको छ भने उनीहरुले नेपाल र thailandयाका किसान विच आपसी सम्बन्ध सुमधुर बनाउने बताएका छन् । भ्रमण टोलीहरुमा केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारी, बरिष्ठ उपाध्यक्ष विन्दुलाल श्रेष्ठ, महासचिव जोगेन्द्र महतो, कोषाध्यक्ष गंगा प्रसाद सापकोटा, केन्द्रिय सदस्य बुद्धी चौधरी लगायत विभिन्न जिल्लाहरुका जिल्ला कमिटिका मत्स्य व्यवसायिहरु 14 जनाको टोली thailand भ्रमणमा रहेको । उक्त टोली ५ दिनपछि नेपाल फर्कने जानकारी वरिष्ठ उपाध्यक्ष विन्दुलाल श्रेष्ठले दिनुभएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend