logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

धुमधामका साथ देशैभरी तिजको रन्को नाच्दैछन दिदीवहिनी मारीमारी फन्को ।


  • जन आकाश
  • बुधबार, भाद्र २७ २०७५

 



काठमाडौ।डिल कुमारि नेपाल ।सुवास गुरुङ ।
२७भदै।
आज नेपाली हिन्दु नारीहरुको माहान चाड हरितालिका तीज,शिवलाई पूजा आराधना गदै ब्रत बसी मनाइँदै छ। आज नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजपर्व आज भगवान शिवको पूजा आराधना गदै ब्रत लिई मनाइउदै।
चेलिका सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला दिदिबहिनीहरुले बिशेष शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् छमछमि नाच्नु नेपालि परम्परागत छ। काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गर्न महिलाको घुईचो लागेको बिभिन्न मन्दिरहरुवाट जानकारी प्रप्त भएको हो।भगवानको आराधना गदै तीजका दिन महिलाहरुले तीज गीतगाउदै तिजभाकामा आफ्ना पिडाहरु पोख्दै चेलिका बिलैनाहरु गीतमाफत साटदै गाउने र नाच्ने गर्दछन् । यसरि आफना पिडालाई दिदिबहिनीसग साटासाट गदै समाजका परिबेशलाई यो चाडमा उतारछन् ।पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको पाईन्छ ।हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भन्दै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको ,सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जलाभैई व्रत बसेको हुनाले यसलाई हरितालिका तीजको व्रत भन्ने गरिएको पुराणमा पाईएको छ हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो,अनि अबिबाहित महिलाहरुलेअसल पति पाउन भन्दै,पुजाआर्चना गदै कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा तिजमा रहेको पाईन्छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु यसरि बिश्वब्यापी रुपमा निराहार र निर्जल बसी भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गरेकोले तिज महिलाहरुले बिशेष पर्वको रुपमा मनाउदै आएको पाईन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend