जन आकाश
सबिना घिमिरे ,पुजा लामिछाने,चितवन,
२७ भदौ । सधै भरि अविरल बर्षा हुनासाथ अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा हालै आएको छ ।चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरोले राती देखि अवरुद्ध सडक ।आज बिहान ११ः४५ बजेदेखि दुईतर्फी संचालनमा आएको हो ।
सोमबार राति झरेको पहिरोको कारणले सडक अवरुद्ध भएका कारण यात्रुहरु अलपत्र थिए । हिन्दू नारीहरुको महान् चाड तीजको दिन सडकखण्ड अवरुद्ध भएकोले बाहिर जिल्लाबाट त्यस सडकखण्ड हुँदै दर खान माइत हिडेका महिलाहरु सडकमा रातभर अलपत्र परेका थिए त कति फकिएका थिए । पहिरो खसे लगत्तै नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाउने काम गरे पनि १८ घण्टापछि मात्र सडकलाई एकतर्फी सुचारु गर्न सफल भएको हो । मंगलबार दिनभर सडक अवरुद्ध भएपछि माइत जान नपाएका यात्रुहरु आज आआफ्नो गन्तव्यमा लागेका हुन । तिज मनाउन हिडेका दिदी बहिनीहरुलाइ शुभयात्रा ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend