जन आकाश
२०४२ सालमा जन्मनु भएका करुण शाक्य यतिबेला नेपालको प्रख्यात तथा अन्तर्राष्ट्रियस्तरमा समेत परिचित चौधरी गु्रप-CG_ अन्तर्गत मोटोर्कपका प्रमुख बजार प्रबन्धक रहेका छन् । उनी यो अवस्थामा त्यत्तिकै आइपुगेका होइनन् । सानै उमेरदेखि मेहनत गरेर पढ्ने, अटो सम्बन्धी बढी रुची राख्ने गरेका र आइजेपाइनियर बो. स्कुलबाट एसएलसी गरेका शाक्यले निरन्तर आफ्नो मेहनतलाई सफलतामा बदल्दै युनाइटेड एकाडेमीबाट प्लस टु उत्तीर्ण गरी ब्याचलर पिनाकल कलेजबाट गर्नु भएको छ भने सिजीआइएममा मास्टरको अध्ययन गरिराखेका छन् । तिनै व्यक्ति हुन् २०७५ अटो शोको लागि अरुण मोटोर्कपबाट बजार व्यवस्थानको जिम्मेवारी संगाली राख्नु भएको छ । उहाँसँग हामीले अटो शोको बारेमा केही कुराकानी गरेका छौं ।
० २६ गतेबाट अटो शो हुँदैछ । नेपालमा सुजुकी ब्राण्ड लोकप्रिय छ । अटो शोको लागि तयारी कस्तो छ ?
नाडा अटो शो एक्जिविशनको सबैभन्दा ठूलो एक्जिविशन अटो शो हो । अटो मोबाइल्स क्षेत्रको । त्यो भएको हुँदा हामीले पनि हाम्रो ब्राण्डलाई जति नेपालीहरुमा लोकप्रियता त छँदैछ । त्यो भन्दा बढी सर्भिस हाम्रा ग्राहक वर्गहरुलाई के–के उपलब्ध गराउन सकिन्छ सक्ने जति सबै सेवाहरु दिनेगरी सुजुकीको तर्फबाट मैले व्यवस्थापन मिलाएको छु । आजको पहिलो दिनमा नै धेरैभन्दा धेरै दर्शक, ग्राहक हाम्रो स्टलमा आकर्षित हुन्छन् भन्ने मैले विश्वास लिएको छु । हामीले यहाँ स्किम, फेसेलिटिजहरु पनि उपलब्ध गराउँछौं यी सबै तयारी हामीले गरिसकेका छौं ।
० नेपालमा सुजुकी ब्राण्ड धेरै नै बिक्री हुने अटोमोबाइल्स ब्राण्डमा पर्छ । यस्तै अटो सम्बन्धी हुने एक्जिविशनमा जाँदा कतिको फाइदा हुने गर्छ ?
हामीले सबैभन्दा बढी गाडी विक्छ भन्दैमा हामीले प्रमोशनमा भाग लिँदैनौं भन्न मिल्दैन । किनभने नं. वान हुन सजिलो छ । नं. वान भइराख्न गाह्रो छ । त्यो हिसाबले धेरैभन्दा धेरै मानिसहरुमा जस्तै मध्यम वर्गीय नेपाली जसको मध्यम आय भएकाहरुले पनि हाम्रो सुजुकी ब्राण्ड किन्न सक्छन् । अन्य वर्गले पनि रोज्नुपर्दा पहिलो प्राथमिकता सुजुकी ब्राण्डलाई दिनुहुन्छ त्यो हुँदाहुँदै पनि हाम्रो ग्राहकलाई हामीले दिनुपर्ने सेवा सुविधा जानकारी दिने यो अटो शो एक्जिविशनमा अवसर प्राप्त भएको छ । यसलाई हामीले विजनेशको भरपुर फाइदा लिनुपर्छ । अटो क्षेत्रको विजनेशको आर्थिक शुरुवात नै नाडा अटो शोबाट नै शुरुवात हुन्छ । किनभने नेपालीहरुको महान चाड विजयदशमी पनि नजिकिँदैछ । मानिसहरुले यो समयमा खुसी भएर किनमेल गर्छन् यस्तो अवसर कुनै पनि विजनेश कम्पनीले गुमाउन चाहँदैन । यी सबै कुराहरुको गेटवे भनेकै नाडा अटो शो हो जस्तो मलाई लाग्छ । नेपालीहरुको नयाँ वस्तुहरु खरिद गर्ने बेला भनेकै दशैंमा हुन्छ । त्यसैले गाडीमा आकर्षण हुनु पनि स्वभाविक हो । हाम्रा कष्टमरलाई एउटै थलोमा सबै प्रकारका च्वाइसहरु प्राप्त हुन्छन् अटो शो अत्यन्तै महत्वपूर्ण छ ।
० नाडा अटो शोमा आउनु हुने ग्राहक, दर्शक, इन्जिनियर अनुसन्धानकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
नडा अटो शो भनेको नेपालमा हुने एउटा मात्र अटो शो हो । एउटा मात्र अटो शो हुन्छ नेपालमा । कस्टमरलाई के फाइदा हुन्छ भने एउटै छातामुनी सबै खालका सुविधा प्राप्त हुन्छन् ।
कुनै कुना कुनामा चियाउनु पर्दैन सबै प्रकारका गाडी त्यहाँ उपलब्ध हुन्छन् रोजाई तपाइहरुको हुन्छ । अर्को भनेको गाडी कम्पनीहरुले केही न केही अफरहरु त्यहाँ दिएको हुन्छ त्यसैले कस्टमरलाई एउटा च्वाइसेस र अर्को फाइदा हुन्छ त्यसकारण यस्तो महत्वपूर्ण अवसर गुमाउनु हुँदैन भन्ने सुझाव दिन्छु ।
० सुजुकी स्वीफ्टको बारेमा बताइदिनुस न ?
सुजुकी स्वीफ्ट जेनेरेशन थ्री हो अहिले लन्च भएको सुइफ्ट जेनेरशन फस्ट चाहिँ लन्च भएको थियो । जनवरी २००५ मा यसको सेकेण्ड जेनेरशन लन्च भएको २०१२ मा र यो जेनेरशन स्वीफ्ट थर्ड हो अहिले यो गाडीको सुविधा हेर्ने हो भने नेपाल र इन्डियामा मध्यमवर्गीय गाडी पेसेन्जर कारमा पनि पोजिशन लुक हुन सक्यो भने स्पोटी क्यारेन्टर लुक हुनसक्छ भन्ने धारणा चेन्ज गर्न सक्ने गाडी नै स्वइफ्ट थियो । त्यो भन्दा अगाडि कुनै पनि गाडीहरु आउथेन जब स्वइफ्ट गाडी लन्च भयो राडिकल डिजाइन थियो, वेश डिजाइन, पोटी लुक्स, पोटी हाइट त्यही लेगेशीलाई मेन्टेन गर्दै थर्ड जेनेरेशन स्वइफ्ट आयो । तर धेरे कुराहरुमा सर्भिस थपेर आयो सेफ्टी फिचर क्यापिटलदेखि लिएर परफमेन्सदेखि लिएर यो सबै चिज नयाँ थर्ड जेनेरशनमा आयो । त्यसकारण नेपाल र भारतका ग्राहकमा स्वीफ्ट प्रति आकर्षण र माग बढेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend