logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गोदावरी नगरपालिकाले ग¥यो प्रतिवेदन सार्वजनिक ।


  • जन आकाश
  • आइतबार, भाद्र ३१ २०७५

ललितपुर, गोदावरी
कोही पनि विद्यालय जाने उमेर समुहका बालवालिकाहरु विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक गर्दै गोदावरी नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा गरेको छ ।
जिल्ला समन्वय समितिका संयोजक अम्बरबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको थियो । विभिन्न ब्यातित्वहरुले वोल्दै नगर शिक्षा अधिकृत देविलाल बिष्टले सम्पुर्ण सरोकारवालाहरु लाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरता र दिगोपनाको लागि चुनौति रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
शिक्षा विकासका तथा समन्वय एकाइ ललितपुरका एकाइ प्रमुख गुणराज पोखरेलले अव सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने क्षमता रहेकोले जनमानसमा विश्वास दिलाउन सक्ने वातावरण बनाउन सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुलाई आग्रह गर्नुभयो । उहाँले ललितपुरकै आधारभूत तहको शिक्षा सुनिश्चित पहिलो नगरपालिका घोषणा भएकोमा बधाई समेत समेत दिनुभयो ।
समाज समृद्धिको लागि सामाजिक विकासले दुरगामी प्रभाव पार्ने भन्दै शिक्षा, स्वास्थ्यजस्ता महत्वपुर्ण विषयमा नगरपालिकामा धेरै कार्यक्रमहरु रहेको जानकारी गराउनुभयो ।
शिक्षाबाट कुनै पनि बालवालिका बञ्चित हुनुनपर्ने र नगरको विकट क्षेत्रमा आफैं अनुगमन र भ्रमण गदै भर्ना अभियानको नतिजाले घोषणा गर्न सफल भएको ंनगर उप प्रमुख मुना अधिकारीले बताउनुभयो ।
कुनैपनि विद्यालयमा अव विभिन्न राजनितिक दलिय गुटको आधारमा नभई विद्यार्थीको भविष्यमा चिन्तित रहन नगर प्रमुख गजेन्द्र महर्जनले आफनो मातहतका निकायलाइ निर्देशन दिनुभयको थियो ।
सो कार्यव्रmममा नगरमा स्थायी बसोवास गर्ने विद्यावारिधि गर्नुभएका ब्यक्ति लगायत शिक्षा क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्व र सहयोग गर्ने विभिन्न गैर सरकारी संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
घोषणा स्थलसम्म आईपुग्न सञ्चालन गरेका कार्यक्रम, अभियान, विभिन्न पहल र कदमहरुको असल अभ्यासलाई समेटेर भिडियो बृत्तचित्र समेत निर्माण गरिएको छ । एकिकृत शैक्षिक क्यालेण्डर लागु भएको यस नगरपालिकामा आगामी दिनमा आधारभूत तहको शिक्षाको दिगोपना र निरन्तरताका लागि प्रतिवद्धता जाहेर गर्दै २०७५ चैत्र भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्नेे लक्ष्य राखेको कार्यक्रममा वताइएको हा ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend