logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एन आई सी एशियाको चाडपर्व मनाऔं, कार्यक्रम ।


  • जन आकाश
  • आइतबार, भाद्र ३१ २०७५

 



“चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आदरणीय ग्राहक महानुभावहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको छ । रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नुहुनेछ । यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागि रहने छ । योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ । यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एन आई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू.१९२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६२ अर्ब तथा कर्जा रू. १३४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख भन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend